मङ्गलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मङ्गलसेन नगरपालिका –३ खारखोला जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।
मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस बराबरीले दुवै टोलीलाई घाटा पुगेको छ भने शीर्ष टोली आर्सनललाई फाइदा पुगेको ।
कामको खोजीमा बाबुआमासँगै रौतहटबाट काठमाडौँ आई बस्दै आएका १५ वर्षीय श्रीकृष्ण साह (नाम परिवर्तन) कहिलेकाहीँ विद्यालय पोसाककै निर्माणका काममा भेटिन्छन् ।
भीरकोट नगरपालिका, हेलुमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविर गरिएको हो ।
सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । कोरिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सने पहिरो पन्छाएपछि सोमबारदेखि सडक सञ्चालन भएको हो ।
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
देशकै पहिलो कालिगण्डकी नदी रामनदी (राम्दी) को नमुना पुल निर्माणको कामले तीव्रता पाएको छ । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने नमुना पुल थाइलैण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल ट्युबआर्क ब्रिज हो ।
शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो ।
सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा सोमबार बिहान बसको ठक्करबाट एक जना साइकल यात्री घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ ।
ललितपुर महानगरपालिले कुसुन्ती चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । सम्भवत नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।