• २२ वैशाख २०८१, शनिबार

बङ्गलादेशलाई साफ यु–१६ महिला च्याम्पियनसिप उपाधि

blog

उपाधि विजेता बंगलादेशका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २८ गते । साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।

निर्धारित समयमा १–१ गोलको बराबरी सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकर बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गर्नुभयो । सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर चुक्नुभएको थियो । प्रीतिको प्रहार भारतीय गोलकिपर मुन्नीले विफल पार्नुभयो भने अख्तरको प्रहार पोलमा लागेर फर्किएको थियो ।

यस्तै भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्नुभयो । एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाको प्रहार बङ्गलादेशकी गोलकिपरले बचाउनुभयो । यसअघि भारतले चौथो मिनेटमै अनुष्का कुमारीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले बराबरी गोल गर्नुभएको थियो । 

चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भुटान समूह चरणबाट बाहिरिएका थिए । विजेतालाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।