गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो ।
थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।
प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।
झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टा बारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
लुम्बिनीमा नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।
नगदे बालीको रूपमा लगाउँदै आएको उखु बाली कहिले उधारो त कहिले समयमा क्रसिङ्गका लागि सुगर मिलले पुर्जी नदिँदा किसान मारमा परेका छन् ।
धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस.भी.ए. नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।
राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ ।