• ५ जेठ २०८१, शनिबार

साइकलबाट लडेर राईको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन २८ गते । झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टा बारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ । 

साइकल छेउमा नै बिहान शव भेटिएको र अवस्था हेर्दा साइकलबाट लडेर मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीका अनुसार टाउको बजारिएको, एकापट्टिको गाला घसारिएको र मुखबाट पानी बगिरहेको अवस्थामा शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राईले मादक पदार्थ सेवन गरी साइकल कुदाउँदा दुर्घटना भएको देखिएको छ । घटना विषयमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।