महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कठिन अवस्थामा नेपाली महिला फुटबल खेलाडीले प्राप्त गरेको सफलता सराहनीय भएको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै भागेका थुनुवालाई समात्न खोज्दा एक जना प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ ।
वराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाको आठौँ स्थापना दिवस तीन दिनसम्म विधिवत् कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् ।
महिलाका लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा सुरु भएको छ । गाउँघरमै सो सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले सोमबार पहिलो पटक सुरुवात गरेको हो ।
गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् ।
औषधी व्यवस्था विभागले औषधी पूरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ । विभागले सूचना निकाल्दै औषधी पूरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रसाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरूको बिक्री नगर्न आग्रह गरेको हो ।
चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।
सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
साहित्यकार राम लामा ‘अविनाशी’द्वारा लिखित नियात्रासंग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज यहाँ आयोजित कार्यक्रममा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गर्नुभयो ।
युक्रेनमा रुसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बाबजुद रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सव २०८० मा अवलोकनकर्ताको लोभलाग्दो भिड देखिएको छ । महोत्सवको ९ दिनमा २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाइ छ ।