सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपील गरेका छन् ।
भेषजराज साहित्य प्रतिष्ठानले यस वर्षकोे ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ साहित्यकार डा. रजनी काफ्ले ढकाललाई र ‘भेषजराज साहित्य सम्मान’ शान्ति सापकाेटालाई प्रदान गरेको छ ।
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ ।
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै छ । अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्मा र सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो ।
बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
नेपाल–भारत सिमानाकाको वीरगन्ज – रक्सौल मितेरी पुलमा भारतीय सुरक्षाकर्मी सीमा सुरक्षा बलको ( एसएसबी ) अस्थायी चेकपोस्ट हटेपछि आवतजावत सहज भएको छ । वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य र पहलमा सोमबारदेखि भारतीय सिमानाकाको मितेरी पुलको दुवै किनारामा रहेको भारतीय सीमा सुरक्षा बलको पोस्ट हटेको जानकारी ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले दिनुभएको छ ।
लहानको राजधानीको रूपमा चिनिएको लहानमा मञ्जर लागेको आँपको स्याहार गरे उत्पादन बढ्ने लहान नगरपालिका कृषि शाखा लहानले जनाएको छ । अहिले मधुवा किराको प्रकोपबाट बचाउन कृषि शाखाले किसानलाई औषधी वितरण र प्राविधिक ज्ञान दिई कार्यक्रम अघि बढाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुस
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले गण्डकी प्रदेशमा आआफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य थालेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले र अहिलेसम्म गण्डकीमा नेतृत्व नपाएको माओवादी दुवैले प्रदेश सरकारको नेतृत्वका लागि कसरत थालेका हुन् ।
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीययाम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले चिसो बढेसँगै करिब तीन महिनादेखि सुनसान रहेको पदमार्गमा यतिबेला दैनिक पाँच दर्जनको हाराहारीमा विदेशी पर्यटक आउने गरेको बताउनभुयो ।
तनहुँको देवघाट धाममा नुहाउने क्रममा बगाएर एक तीर्थयात्री बेपत्ता हुनुभएको छ ।
रामेछाप जिल्लाका विभिन्न विद्यालयले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । आन्तरिक सहकार्यमा विद्यालयले सार्वजनिक बिदाका दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गर्दै आएका छन् । रामेछापको सुनापति गाउँपालि
रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उहाँलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो । घिमिरेजस्तै सैनामैना सालझन्डीका माधव कँडेलको पीडा पनि उहाँकोजस्तै थियो । उहाँ पनि दृष्टिविहीन हुनुहुन्छ । कहीँकतै बाहिर जानु परे उहाँलाई परिवार वा साथीभाइको सहारा लिनुपर्ने बाध्यता रहेको थियो ।
काठमाडौँ, फागुन२९ गते । राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र आफूले प्रतिनिधित्व गरेको ठाउँ रौतहटमा केही राम्रो काम गरेर देखाउने तीव्र इच्छा छ । तर सांसद भएको डेढ वर्ष बितिसक्यो, कानुन बनाउनेतर्फ खासै काम गर्न सकिएको छैन । बनाउनुपर्ने कानुन धेरै छन् । संविधान अनुकूलका कानुन पनि बनाउन धेरै बाँकी छ । कानुनको अभावमा धेरै काम प्रभावकारी तरिकाले हुनसकेका छैनन् ।संसद्मा विधेयक सरकारले ल्याउने हो । सरकारले कानुन बनाउने कुरामा बढी ध्यान दिनुपर्ने हो । विगतमा एमाले प्रतिपक्षमा रहेका कारण पनि धेरै कानुन बनाउने कुरामा निर्णायक भूमिका थिएन । अब पार्टी सरकारमा गएको छ । अब संविधानअनुकूलका बनाउनुपर्ने कानुन छिट्टै बन्छन् भन्ने मलाई विश्वास छ । तराईमा अहिले पनि दाइजोका कारण महिलाको हत्या भइरहेको छ, प्रताडित भइरहेका छन् । विभिन्न कुसंस्कार र कुरीति छन् । त्यो पनि कानुनले नै नियन्त्रण गर्नुपर्छ । मिटरब्याज पीडितका समस्या छन् । उखु किसानले उखुको भुक्तानी नपाएर दुःख पाइरहेका छन् । सिँचाइको अभावमा किसानले राम्रोसँग खेतीबाली लगाउन सकेका छैनन् । यस्ता अनेक समस्याबाट रौतहटसहित तराईका जिल्लाहरू ग्रसित छन् । विगतमा तराई - मधेसमा महिलालाई राजनीतिमा सहभागी र सक्रिय हुन निकै कठिन थियो । अहिले केही सहज भएको छ । केही प्रगति मधेसमा महिलाको पनि भएको छ । बुझेको मान्छेलाई बुझाउन निकै गाह्रो रहेछ । बरु केही नबुझेको मान्छेलाई बुझाउन सकिन्छ । मधेसमा महिलालाई सशक्तीकरण गर्नैपर्ने जरुरी छ । केही ठाउँमा, केही समुदायमा धार्मिक, सांस्कृतिक रुढीवादी परम्परा पनि हाबी छ । यद्यपि छोरीलाई पढाउन, बुहारीलाई काममा पठाउनेतर्फ केही सुधार आएको छ । तर सोचेअनुरुप सुधार आउन सकेको छैन । त्यसका लागि बुझाउने र सचेतना जगाउने काम गरिरहेकी छु ।सांसद भनेको जनताको प्रतिनिधि हो । जनप्रतिनिधिमाथि संसद्मा राष्ट्रिय विषयमा छलफल गर्ने र आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यमा सहभागिता जनाउने दुवै दायित्व हुन्छ । जनताको अपेक्षा पनि यही हुन्छ । स–साना विकासका कार्यहरू र बजेट व्यवस्था खासमा स्थानीय सरकारले गर्नुपर्ने हो, तर हामीले पनि हेर्नुपर्छ । मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र खानेपानीको निकै ठूलो समस्या छ । मलाई धेरै हिसाबले रौतहट जिल्ला पछि परेको जस्तो लाग्छ । शिक्षामा धेरै पछाडि छ । स्वास्थ्यमा पनि उपचार गर्नका लागि एउटा ठूलो अस्पताल छैन । एउटा राम्रो अस्पताल भएमा केही राहत हुने थियो । पहल गरिरहेकी छु । स्वच्छ खानेपानी नहुँदा धरै मानिस रोगको सिकार भएका छन् । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । मेरो जिल्ला रौतहटमा शिक्षा, स्वास्थ्य र खानेपानीकै विषयमा के गर्न सकिन्छ भन्ने सोचिरहेको छु । पार्टीले मलाई सांसद बनाएपछि जनताले के गर्छ भनेर हेरिरहेका छन् । हामीले भोट माग्दा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउँछौँ भनेर वचन दिएको थिएँ । जनतासँग गरेको वाचा पूरा गर्न सकिएको छैन । धेरै काम गर्न बाँकी छ । अहिले त जनतामा जान पनि अप्ठ्यारो लाग्छ । जनतालाई यो–यो काम गर्छु भनेर दिएको वचन पूरा गर्न सकेको छैन । तर म प्रयासरत छु । सांसद हुँदा र नहुँदा सधैँ जनताकै साथमा हुनेछु ।सांसद बिना देवीको परिचयविसं २०३० साल चैत १९ गते रौतहटमा जन्मनुभएकी सांसद बिना देवी नेकपा (एमाले)बाट समानुपातिकतर्फबाट सांसद हुनुुहुन्छ । विसं २०४६ बाट एमालेमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले पार्टीको वडा, जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । अहिले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । रौतहट निर्वाचन क्षेत्र नं ४ बाट समानुपातिक सदस्य भएर काम गरिरहनुभएको छ । (सांसदसँग रासस संवादका लागि सांसद बिना देवीसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीमा आधारित ।) रासस