पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।
गुल्मीको किरण पुस्तकालयले यस वर्षको जानकी साहित्य पुरस्कार आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१६ जेठ ५ गते जन्मिनुभएका भण्डारीलाई प्रदान गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गरी आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैंडाको आक्रमबाट बेलडाँडी नगरपालिका –२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
कैलालीको भजनी नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सुरक्षाको लागि निर्माण गरिएको १५ लाखमा बनेको पर्खाल स्वाहा भएको छ ।
पालनका लागि अग्ला पाटनमा लगिएका भेडी गोठहरु बेंसी (होचा) तर्फ झार्न सुरु गरिएको छ । चार हजार पाँच सयदेखि पाँच हजार मिटर अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडी गोठालाले बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरेका हुन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेको बताउनुभएको छ ।
उदयपुर जिल्ला अस्पतालमा कार्यरत डा. शसिरञ्जन प्रधान, डा. राहुल यादव, डा. सन्दिप राउत, डा.दिपेश यादव, डा. प्रशान्त सुवेदी, डा. निरज चौधरी लगायत २० जना चिकित्सकहरुले हेडौँडा घटनाबाट आफूहरु मानसिक रुपले विछिप्त अवस्थामा रहेको र यस्तो स्थितिमा बिरामीहरुको उपचार सेवामा संलग्न हुन नसकिने विज्ञप्तिमा उल्लेख छ।
यसपालीको तीज हिलाम्मे नहुने भएको छ । असोज १ गते पर्ने महिलाको महान चाड हरितालिका तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
क्षय रोगबाट पीडित बर्दिबास १४ स्थित नमुना बस्तीका २६३ जना मुसहर समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।
कालीगण्डकी कोरिडोर खण्डमा आजदेखि रातको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । सो सडक निर्माणका क्रममा रहेकाले कोरिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी सहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ ।