नवनियुक्त उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले मङ्गलबार एक कार्यक्रम गर्दै सेवा सुरु गरेदेखि २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सरकारले हरेक वर्ष फागुन-चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
पर्सा प्रहरीले छुट्टा-छुट्टै स्थानबाट ११ किलो भन्दा धेरै अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूले यस्तो माग राख्नुभएको हो ।
हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ ।
सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्गवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरभित्रका ९६.१३ प्रतिशत नागरिक साक्षर भएको दाबीसहित मलङ्गवालाई सर्लाही जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा गरिएको हो ।
लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ ।
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
लोपोन्मुख पक्षी गिद्धको वासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको वासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् ।
सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।