सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन् । नवलपरासीपूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिनबाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताउनुभयो ।
लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ । चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।
सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक बनाउन फागुन दोस्रो साता प्रारम्भिक मस्यौदा मन्त्रीपरिषद्मा दर्ता गराएको थियो । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मन्त्रीपरिषद्बाट उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब हवाई यात्रुमैत्री कानुन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ ।
पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
गुल्मी सदरमुकाम तम्घास बजारको रमणीय दृश्य ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ।
लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।
गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनुभएको छ। मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
नेपाली कांग्रेसका पदाधिकारी, सात प्रदेशका पार्टी प्रमुख र मुख्यमन्त्रीबिच छलफल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आर्थिक आत्मनिर्भरताका लागि श्रममा जोडिएको बताउनुभयो। लामो सङ्घर्ष र क्रान्तिपछि नेपाल नयाँ परिवेशमा रहेको भन्दै पार्टीलाई चन्दाको भरमा परिचालन गर्नु भन्दा आफै आर्थिक उपार्जनका काममा केन्द्रित भएको बताउनुभएको छ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक सय सत्र जना भूमिहीन रहेको पाइएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले फुङ्लिङ नगरपालिकामा मात्र उक्त सङ्ख्यामा भूमिहीन रहेका जनाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वासको मत पाइसकेपछि सरकारले आफ्नो काम प्राथमिकतासाथ अगाडि बढाउने बताउनुभएको छ ।
टाइम्स ‘ए’ र ललितपुर ‘ए’ ले थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टाइम्स पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ।