• १५ वैशाख २०८१, शनिबार

ओस्कारमा ‘ओपेनहाइमर’ लाई अवार्ड

blog

काठमाडौँ, फागुन ३० गते । लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।

चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।

यस्तै चलचित्र ‘पुअर थिङ्स’ ले चार विधामा ओस्कार अवार्ड जितेको छ । चलचित्रकी अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्नुभयो । बेस्ट एक्ट्रेसबाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप तथा हेयर स्टाइलिङ विधामा पनि ओस्कार जितेको छ ।

धेरै चर्चा बटुलेको चलचित्र ‘बार्बी’ ले भने एउटा मात्र अवार्ड हात पारेको छ । यसको गीत ‘ह्वाट वाज आई मेड फर ?’ बाट बिली इलिस र फिनिस ओ कोनेलले उत्कृष्ट मौलिक गीतका लागि अवार्ड जित्नुभयो । चलचित्र आठ विधामा मनोनयनमा परेको थियो । डा. वाइन जोय रेन्डोल्फले ‘द होल्डोभर्स’ का लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जित्नुभयो । ‘वार इज ओभर बेस्ट’ ले एनिमेटेड सर्ट चलचित्रको अवार्ड जित्यो । त्यस्तै अमेरिकन फिक्सन बेस्ट एडाप्टेड स्क्रिनप्लेका लागि अवार्ड पाउन सफल भयो । 

‘एन्टोमी अफ ए फल’ ले बेस्ट ओरिजिनल स्क्रिनप्ले, ‘अमेरिकन फिक्सन’ ले बेस्ट एडेप्टेड स्क्रिनप्ले, जापानी फेन्टासी चलचित्र ‘दी ब्वाइ एन्ड द हिरोन’ ले बेस्ट एनिमेटेड फिचर फिल्म, ‘गोडजिला मिनस वन’ ले ‘बेस्ट भिजुअल इफेक्ट्स अवार्ड जितेको छ । 

त्यसै गरी ‘वार इज ओभर ! इन्स्पायरर्ड बाई दी म्युजिक अफ जोन एन्ड योको’ ले बेस्ट एनिमेटेड सर्टको अवार्ड जित्यो । यस्तै ‘द लास्ट रिपेयर सप’ ले बेस्ट डकुमेन्ट्री सर्ट र ‘द वन्डरफुल स्टोरी अफ हेनरी सुगर’ ले बेस्ट लाइभ एक्सन सर्टको अवार्ड जितेको छ । एजेन्सी