दाङको सातौँ जिल्ला सभा सुरु भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो ।
रुकुम–पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराही बस्ने पङ्कज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा एक वर्षमा दश हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल, लगायतका दश हजार ९७ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।
बाँकेमा इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ ।
सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ ।
विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ ।
नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । यहाँका किसानको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।