• १२ साउन २०८१, शनिबार

होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु

blog

विजयकुमार साह
ढल्केबर, फागुन २९ गते ।  
जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु भएको छ । मङ्गलबार बिहान ८ बजे पोखराकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार सो होटलमा बेहोस अवस्थामा भेटिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले बेहोस अवस्थामा भेटिनुभएको सुनारको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार सो युवतीसँगै होटलमा बसेका दुई जना युवक फरार छन् ।

“होटलमा युवतीसँग दुई युवक बसेको जानकारी प्राप्त भएको छ । ती युवकहरू फरार भएका छन् । ती दुई युवकको खोजी कार्य भइरहेको छ,” प्रवक्ता अवाले भन्नुभयो ।

युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।