• १३ मंसिर २०८१, बिहिबार

'राजनीतिक दलमा शङ्का र अविश्वास त्याग्नु हितकर हुन्छ'

blog

घाइतेहरुको अवस्था बुझ्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन २९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तन ठुलो विषय नभएको जनाउँदै राजनीतिक दलहरूमा कायम शङ्काउपशङ्का र अविश्वास त्याग्नु हितकर भएको बताउनुभएको छ । जनताको जीवन स्तर उकास्ने काम तथा देश विकास सबैको साझा दायित्व भएकाले यसमा साझा रूपमा लाग्नु पर्नेमा जोड दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सोमबार गृह नगर झापाको मेचीनगर आउनुभएका शर्माले समाजमा व्यापक निराशा बढ्दै गएकाले यसलाई साझा मञ्चबाट साझा रूपमा नै निराशा हटाउन काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकार बदलिन्छ यसलाई ठुलो रूपमा हेरिनु हुँदैन तर यो सरकारले कसरी काम गर्छ भन्ने हेरिन्छ भन्ने उहाँको भनाइ छ ।

संसदमा केही गडबड र गज्याङगुजुङका कारण मूलकमा अस्थिरता पैदा भएको शर्माले बताउनुभयो । "बारम्बार सरकार परिवर्तन पनि यसैको एउटा उपज भएको उहाँले जनाउनुभयो । एक अर्कामा भएको अविश्वास त्यागेर मूलक बनाउने विषयमा लाग्नुपर्छ भन्ने हाम्रो मान्यता हो", उहाँले भन्नुभयो ।

"जनप्रतिनिधिहरूले पैसा छुट्याएर मात्र विकास हुन नसक्ने भन्दै राम्रो तवरले संयोजनकारी भूमिका खेल्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । राजनीतिक आँखाले जनप्रतिनिधिहरूले कहिल्यै हेर्नु हुँदैन र साझा रूपमा स्थानीय विकासलाई ध्यान दिएर अघि बढ्नु पर्छ", उहाँले जनाउनुभयो ।

यसैबिच शर्माले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो । एक साताअघि सशस्त्र प्रहरी र स्थानीयबिच झडप हुँदा ६ जना स्थानीय र एक सशस्त्र प्रहरी गम्भीर घाइते बनेका थिए ।