• १३ साउन २०८१, आइतबार

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

blog

रास्वपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै प्रमुख सचेतक सन्तोष परियार । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भूमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।