ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी सो दिक्तेलमा सुरु गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले कांग्रेसलाई बलियो र मजबुत मनाउन पुस्तान्तरण सहितको रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।
परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतीत गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ ।
मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् ।
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्नेभएको छ ।
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएकालाई पुरस्कृत गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा-सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रर्याक) अन्तर्गत पुतलीबजार नगरपालिका-१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।
बाँके जिल्लामा एक लाख ८८ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ ।
नेकपा (एमाले) का सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताउनुभएको छ ।
चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।