• १२ साउन २०८१, शनिबार

देशमा समृद्धिको खाका कोर्न समीकरण बदलियो

blog

नेकपा (एमाले) का सांसद भगवती न्यौपाने ।

काठमाडौं, फागुन २९ गते । नेकपा (एमाले) का सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको बताउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद न्यौपानेले विगतको गठबन्धनले देशको समस्यालाई सम्बोधन गर्न नसकेका कारण नयाँ गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

उहाँले विगतको गठबन्धन विचारको निकटताको आधारमा नभएकाले विचारको निकटता हुनेहरूको गठबन्धन बनाउनुपर्ने दबाब रहेको बताउनुभयो । उहाँले देशमा समृद्धिको खाका कोर्न सत्ताको समीकरण बदलिएको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो भन्दा अगाडि अर्कै गठबन्धन थियो । त्यो गठबन्धनले यो देशका समस्याहरूलाई सम्बोधन गर्न सकेन । जनताको मुहारमा खुसीले स्पर्श दिन सकेन । त्यसैले देश दिन, प्रतिदिन सङ्कटमा फस्दै गयो । सङ्कटग्रस्त बन्दै गयो । त्यसैले समयले प्रेसर गर्‍यो समीकरण बदल्नुपर्ने छ भनेर । किनभने त्यो समीकरण, गठबन्धन बिचारको निकटताको आधारमा भएको गठबन्धन थिएन । त्यसैले अब यो देशलाई सबै समस्याबाट मुक्त पार्नुपर्नेछ, त्यसको निम्ति देशमा समृद्धिको खाका कोर्नुपर्ने छ । समाजवादको आधारहरू निर्माण गर्नुपर्ने छ । समयले त्यही भन्यो र समीकरण बदलिएको छ ।’’