विश्वविद्यालयबाट कहिल्यै दीक्षित हुन नपाएका एप्पल तथा पिक्सार एनिमेसनका प्रमुख कार्यकारी स्टिभ जब्स स्टान्फोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा विशिष्ट वक्ताका रूपमा निम्त्याइए । दीक्षित युवामा भविष्यप्रति आशा र प्रेरणा जगाउन उनले आफ्नै कथा ‘कनेक्टिङ द डट’ लाई मार्मिक ढङ्गले प्रस्तुत गरे । भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु जस्तै हो । दुःखद अवस्थालाई पृष्ठभूमिमा राखेर, परिस्थितिमा सम्भावना खोजेर, तिनलाई आशामा जोडेर एउटा वृत्तिपथ बनाउन सकिन्छ, बिन्दुहरू जोडेर सरल रेखा बने जस्तै । विश्वविद्यालय त भविष्य निर्माण गर्ने औपचारिक प्रतिष्ठान नै भए तर मस्तिष्कको प्रयोगशाला र मनको भावनालाई जोड्ने युवा आफ्नो भविष्य निर्माण गर्दागर्दै समाजको पुनर्निर्माण पनि गरिरहेका हुन्छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार भए पनि समस्यारहित छैन । वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण र माग रहेको छ तर यो क्षेत्र उत्तिकै समस्याग्रस्त पनि छ । यो समस्यामा पहिलो त श्रमिकहरूमा वैदेशिक रोजगारीसम्बन्धी कानुनी ज्ञानको अभाव छ । सीमान्त वर्गको वित्तीय संस्थामा पहुँच निर्माण गर्न सकिएको छैन । विदेशमा नेपाली कामदारले शारीरिक एवं मानसिक हिंसा झेल्दा न्याय दिलाउन सकिएको छैन । समस्यामा परेका नेपाली कामदारको समयमा उद्धार गर्न सकिएको छैन । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सिप, दक्षता र ज्ञानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सकेका छै
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
३ औँ अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा राजधानीमा समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समावेशी सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम समाज नेपालद्वारा सञ्चालन गरेको सत्यम् दिवा सेवा केन्द्रमा आबद्ध तथा अन्य डाउन सिन्ड्रोम प्रभावित बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुभयो ।
मण्डला थिएटरमा शुक्रबार नयाँ नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ । चैत १८ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरीको रहेको छ । सोमबार पोस्टर सार्वजनिक गर्दै निर्देशक चौधरीले नयाँ मञ्चनबारे जानकारी दिनुभयो । बिदेसिन बाध्य युवाको कथावस्तुमा नाटक तयार पारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावका कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेका कारण नाटकको कथावस्तु पनि त्यही सेरोफेरोमा तयार पारिएको हो । नाटकलाई निर्देशक चौधरीले बिदेसिनुपर्ने बाध्यताका कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्ताबेजका रूपमा व्याख्या गर्नुभएको छ । नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका रहेको छ ।
अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।
सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् ।
केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ । यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो । बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताउनुभयो ।
मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड रुपियाँ लागतमा निर्माण भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा नआएपछि त्यहाँ साप्ताहिक हाट लाग्न थालेको छ । सङ्घीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।
डेरी उद्योगीहरूको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले दुधको बजारीकरण तथा गुणस्तरलगायत १२ वटा सुझाव देशभरका स्थानीय तहलाई दिएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सोमबार देशका सबै पालिकालाई पत्र पठाएर सो सुझाव दिनुभएको हो । दुधको बिक्री तथा गुणस्तरमा प्रश्न उठिरहेका बेला एसोसिएसनले वार्षिक कार्यक्रममा दुधसम्बन्धी कार्यक्रम समावेश गर्न सो १२ बुँदे सुझाव पठाएको हो । उत्पादनको शतप्रतिशत दुध बजारसम्म नआएकाले त्यसलाई बजारसम्म पु¥याउने खालको कार्यक्रम तयार गर्न सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।
चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।