• १३ असोज २०८१, आइतबार

तिस हजार केजी बिउ उत्पादन

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, फागुन २९ गते ।  स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ ।  यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । 

यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् । 

यस्तै आँधीखोला–१ को  सिद्ध कृषक समूहले दुई हजार २५० केजी, पुतलीबजार नगरपालिका १३ को चण्डीकालिका कृषक समूहले तीन हजार ७०४ केजी, अर्जुन चौपारी–१ को मनकामना महिला कृषक समूहले ले ९४८ केजी बिउ उत्पादन गरेको हो । 

यस्तै गल्याङ ११ को कर्मचौर कृषक समूहले ९४२ केजी, गल्याङ–७ को थुम कृषक समूहले एक हजार २६५ केजी, कालीगण्डकी–१ को कालिका कृषक समूहले आठ सय केजी र चापाकोट–८ को रत्नपुर सानाकिसान कृषि सहकारीले २१५ केजी बिउ उत्पादन गरेको हो । 

यहाँ उत्पादन गरिएको बिउमा २६ हजार ८३७ केजी (मनकामना–३), एक हजार १५७ केजी (अरुण–२), दुई हजार पाँच सय केजी (मनकामना–५), एक सय केजी (रामपुर कम्पोजिट) रहेको छ । बिउबिजन प्रयोगशालाका अधिकृत रत्नमणि ढकालले कृषकले मूल तथा प्रमाणित बिउ लगाएर उन्नत बिउ उत्पादन गरेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले यहाँ उत्पादन भएको उन्नत मकैको बिउले स्याङ्जा आत्मनिर्भर रहेको र बाहिरबाट किन्न नपर्ने बताउनुभयो । उत्पादन भएको मनकामना बिउ कृषकले प्रतिकेजीको १२० रुपियाँ र अरुण–२ तथा रामपुर कम्पोजिट १२५ रुपियाँमा बिक्री हुने छ ।