प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा पर्यटकहरु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद गर्न सफल भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेशको लाइफ लाइनको रुपमा रहेको कर्णाली नदीमा बनेको पुलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ( विप्लव सी) ले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गरिने चेतावनी दिनुभएको छ ।
सन् २०१४ वर्ल्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।
सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
ललितपुरको एक घरमा घरेलु श्रमिककोरुपमा नाम परिवर्तन कामनाले विगत आठ वर्षदेखि काम गरिहनुभएको छ । ओखलढुङ्गामा जन्मनुभएकी कामना आफ्नो माता-पिताका पाँच सन्तानमध्ये कान्छी हुनुहुन्छ ।
मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।
सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ ।
बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ ।
इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लब २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।