• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभाका अध्यक्षद्वारा पदभार ग्रहण

blog

सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ।

पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।  



यो पनि पढ्नुहोस

राष्ट्रपतिसमक्ष नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको शपथ

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित