विदुर नगरपालिका काठमाडौँ उपत्यकाको उत्तरपश्चिम ६९ किमि दुरीमा अवस्थित छ। १३ वडामा विभाजित यो नगरपालिका १३०.०१ वर्ग किलोमिटरमा फैलिएको छ। ‘शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान’ मूल मन्त्र बनाएको यो नगरपालिका नुवाकोट जिल्लाको सदरमुकाम र चीन/तिब्बतसँगको व्यापारको मुख्य मार्ग पनि हो। यो नगरपालिकाको प्रमुखमा स्थानीय तहको दोस्रो निर्वाचनबाट राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ। नगर प्रमुख श्रेष्ठसँग नगरपालिकाका विकास गतिविधि, सम्भावना र चुनौतीबारे गोरखापत्रका नवराज सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाको आयोजना तथा भीमेश्वर नगर बाल सञ्जालको संयोजनमा जनप्रतिनिधिसँग बालबालिकाको अन्तर्क्रिया कार्यक्रम गरी ५९ औँ बाल दिवस मनाइएको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ मूल नाराका साथ मनाइएको सो कार्यक्रममा नगरभित्रका १९ विद्यालयका विद्यार्थीले विभिन्न किसिमका ३६ वटा प्रश्न सोधेका थिए। विद्यार्थीले उठाएका प्रश्नमा दिवा खाजा, सेनेटरी प्याड, बाल क्लब, विद्यार्थी सहभागितालगायत रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो।
निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ। आयोगले तयार भएको कार्यविधि चार वटा मन्त्रालयमा रायका लागि पठाएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुहुँदै छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण : २०३० एजेन्डा
लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस नगर्ने दललाई जरिबाना तोकेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताउनु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौं, भदौ २९ गते। गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक कार्कीको अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भर्नुभएको हो। जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ। प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ।यात्राको क्रममा देखभेटपछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ। र्याम्प हुँदै म्यूजिक भिडियोमा व्यस्त सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकीलगायतका भिडियो बजारमा आइसकेका छन्। सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गर्नुभएको हो भने कलरिङ र सम्पादनमा विष्णु खड्काले मेहनत गर्नुभएको छ।
बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सपथग्रहण गराइ प्रमाणपत्र प्रदान गरिएको छ । भदौं २ गते सङ्घको निर्वाचन अन्तर्गत मतदान भएकोमा भदौं ४ गते मत गणना सम्पन्न भएको हो ।
न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।
संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
पोखरा महानगरमा ४७ नगर प्रहरी थपिएका छन्। अब महानगरमा नगर प्रहरीको सङ्ख्या ७६ पुगेको छ। शुक्रबार दीक्षित भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन्।