धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन यात्रु तथा चालकलाई सडकमै शिक्षा दिन थालेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा चल्ने सबै किसिमका सवारी चालकलाई लेन अनुशासन र ट्राफिक नियमबारे सडकमा शिक्षा दिन थालिएको हो ।
बाँकेमा सुर्तीजन्य पदार्थको बिक्री र सेवन जताततै खुला रूपमा भइरहेको जनाउँदै सो विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा जितका लागि नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गर्नुभएको हो ।
जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ ।
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माण कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सो सडक निर्माणको काममा ढिलाइ भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रथम तानसेन महोत्सवमा परम्परागत रुपमा बन्दैआएको कृषिका स्टलमा अवलोकन गर्नेको भिड लागेको छ । महोत्सवमा गिठिको ठेका ठिकिको स्टलमा, बाँसबाट बनाएइका मुडाहरु, बस्ने कुर्सीहरु सामान राख्ने भाडाहरु तथा विभिन्न किसिमका आकर्षित सामान खरिद गर्नेको भिड लागेको हो ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जापानी कम्पनीले बनाएको रकेटले स्याटलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ ।