• ७ जेठ २०८१, सोमबार

हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

blog

काठमाडौँ,  फागुन ३० गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गर्नुभयो । साथै उहाँले जोखिम लिएरै आफूहरूले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभयो । रासस