• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक सुरु

blog

राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायण दाहाल पहिलो बैठक सञ्चालन गर्नुहुँदै । तस्बिर : प्रदीप राज वन्त

काठमाडौं, फागुन ३० गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गर्नुभएको हो ।

अध्यक्ष दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।