प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा चैत्र ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिनुभएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुभएको छ ।
मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अस्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्युपछि वृद्धभत्ता बाँड्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मिल्टन इन्टरनेसनल कलेजले उक्त कलेजका विद्यार्थीलाई युनाइटेड अरब इमिरेट्सको दुबईका विभिन्न सङ्घ संस्थामा सशुल्क इन्टर्नसिनको अवसर उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ।
दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
सुनसरीको स्थानीय तहका न्यायिक समितिहरू एकीकृत भएर नयाँ अभ्यास थालेको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिहरूको मासिक अभ्यास तथा अन्तर्क्रिया गरेर सिकाइ आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी गरेको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाको भन्दा निकै उन्नत भएको बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेस गर्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको छ ।
क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रिय सभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।