• १६ वैशाख २०८१, आइतबार

तीन प्रदेश प्रमुखको शपथ हुँदै

blog

राष्ट्रपति कार्यालय । फाइल तस्बिर

काठमाडौं, फागुन ३० गते। मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। 

राष्ट्रपति कार्यालयका अनुसार केही बेरमा मधेस प्रदेशको प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो। 

शपथका लागि बुधबार साँझ ५ : ३० बजेको समय तोकिएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि भण्डारी, भट्ट र मियाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।