• ६ जेठ २०८१, आइतबार

'राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता'

blog

नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहाल ।

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय सभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ भन्नेकुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बताउनुभयो । उहाँले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले बेरोजगारीकै कारण युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रसियन सेनामा नेपालीहरू कसरी भर्ती भए । बेरोजगारका कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ । सुरु सुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसका लागि सरकारका जिम्मेवारीहरू के हुन् भन्नेकुरा छ । सधैँभरी राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ, कस्ता कामहरू गर्नसक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’’

संसदीय दलका नेता दाहालले सङ्घीयतासम्बन्धी कानुनहरू कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।