मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् ।
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
भन्सार छलेर ल्याएको प्याज ठूलो परिणाममा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिकामा एक महिनादेखि जारी तालाबन्दी अझै खुल्न सकेको छैन । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।
क्यामेलिया स्कुलको रजत महोत्सवको अवसरमा ओलम्पियन वैकुण्ठ मानन्धरसहित तीन खेलाडीलाई सम्मान गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–११ दुधेलामा, गढीबाट बुधबार देखिएको नुवाकोट र रसुवाको सङ्गमस्थल पवित्रभूमि उत्तरगया धाम (वेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको विभिन्न स्थान ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ ।
शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सिसी क्यामरा जडान गर्न थालिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुने भएको छ ।
फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिनुभएको छ ।
आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एफसी पोर्टोलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।