काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।
बुवा ! जनम यो यस्तै भयो अर्को जनम फेरि भेटौँ है बाबु छोरी नाता हाम्रो सधैँ बुवा हजुर म छोरी है...
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले प्रदेशस्तरीय इन्चार्ज तोकेको छ ।
कास्की, धादिङ, कपिलवस्तुलगायतका जिल्ला प्रशासन कार्यालयले परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता तथा संवर्धन गर्नेबाहेकका तिजलाई लक्षित गर्दै खर्चिला, विसङ्गतियुक्त, सामाजिक अपराधलाई प्रोत्साहन पुग्ने तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । सूचनाविपरीत गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि उल्लेख छ । तिज अहिले तपस्या वा ध्यानभन्दा पनि जमघट हुने र रमाइलो गर्ने, नाचगान गर्ने अवसरमा परिणत भएको छ ।
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक एमआरआई मेसिनमार्फत स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले शुक्रबार सो सेवाको सुरुवात गर्नुभयो। करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ प्रोग्राम इन्स्टल गरेर एमआरआईमार्फत सेवा सञ्चालन गरिएको हो। १५ महिनादेखिको प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन थालिएको छ।
अहिले गाउँदेखि सहरसम्मका महिला महिलाबिच रातै सारी र विभिन्न शृङ्गारमा सजिएर समूहमा तिज पर्व मनाउने होडबाजी नै चलेको छ। घोडाघोडी नगरपालिका–१, पिपलडाँडा आमा समूहका महिलाले यस पटक एउटै रङका साडी लगाएर सामूहिक तिज कार्यक्रम गरेका छन्। घोडाघोडी–१ कै शान्तिनगर आमा समूहलेसमेत प्रतिव्यक्ति छ सय रुपियाँ चन्दा उठाएर वनभोज कार्यक्रम गरेर गत शनिबार मात्र तिज कार्यक्रम सम्पन्न
बाजुराका विभिन्न ठाउँमा अभिभावककै कारण बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको छ। अभिभावकले बालविवाह रोक्न लाग्नुपर्नेमा उल्टै उनीहरूलाई संरक्षण दिन थालेपछि बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको हो। बुढीगङ्गा नगरपालिका नगरस्तरीय बाल क्लबका कोषाध्यक्ष रेखा नेपालीका अनुसार आमाबुवा र छोराछोरीको मिलोमतोमा बालविवाह हुन थालेपछि न्यूनीकरणमा समस्या आएको छ। अभिभावककै मिलोमतोमा बालबालिकाले सानै उमेरमा पढाइ छोडेर विवाह गर्न थालेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधारको विकास गरे पनि गाउँ छाडेर हिँड्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पर्वतको कुस्मा नगरपालिका–१४ को वडा कार्यालय भवन शिलान्यास तथा पञ्चकोशी माविको चारकोठे भवन उद्घाटन गर्दै उहाँले गाउँमा पूर्वाधार बन्दै जाने तर विकास भएन भन्दै गाउँ छाडेर हिँड्ने प्रवृत्ति भएको बताउनुभयो।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारिता क्षेत्रमा कोषराज रेग्मीले देख्नुभएको सपना यस पुस्ताका पत्रकारहरूले पूरा गर्नुपर्ने बताउनुभएको छ। पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० धर्मेन्द्र झालाई शुक्रबार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। पत्रकारहरूको जग भनेको सम्प्रेषित सत्य समाचार नै हो उहाँले भन्नुभयो।
काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ। शुक्रबार एक समारोहबिच डा. अनिलले प्रकाशन गर्न लाग्नुभएको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भएको हो। उहाँकी धर्मपत्नी मनीषा श्रेष्ठ र छोरी अनिशा अनिलले कभर फोटो सार्वजनिक गर्नुभएको हो। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सङ्गठनको भौतिक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको संरक्षण, स्याहार, शिक्षा र स्वास्थ्यमा पहुँचका लागि स्थापना गरिएको बाल सङ्गठनको नाममा देशभर छरिएर रहेका भौतिक सम्पत्तिको व्यवस्थापनमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै त्यसको व्यवस्थापन गर्ने बताउनुभएको हो।
मान्छेका इच्छा र चाहना असीमित छन्। सोख र प्रतिभालाई जतिसक्यो बढावा दिन खोज्छ। त्यसैले त सुरेन गौतम भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत हुनुभयो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्नुहुने उहाँले २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराउनुभयो। सोही गीतबाट उहाँले साङ्गीतिक आकाशमा अभ्यस्त हुने प्रयास गरिरहनुभएको छ।