• १३ साउन २०८१, आइतबार

क्यानडाका राजदूत पौडेलको शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ गर्नुहुँदै क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेल । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, फागुन ३० गते । क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति कार्यालयमा बुधबार राजदूत पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा शपथ ग्रहण समारोह भएको हो ।