• ६ जेठ २०८१, आइतबार

प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत

blog

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेस गर्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै मतविभाजनको प्रक्रिया अघि बढाउनुभएको हो । निर्णयार्थ प्रस्तुत गर्नु अघि उहाँले प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । रासस