• ४ जेठ २०८१, शुक्रबार

कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र मिलेन

blog

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादव बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद यादवले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताउनुभयो । उहाँले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताउनुभयो । वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको बताउनुभयो ।

‘‘मङ्सिर ४ गतेको कुरा गर्नुभयो । त्यतिबेला गठबन्धन बन्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बिचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ । नेकपा माओवादी केन्द्रसँग उहाँहरूले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ ।,’’ सांसद यादवले भन्नुभयो, ‘‘वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी र नेपाली कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । उहाँहरूको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन । विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकताको हो । जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ । नेपाली कांग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’’

उहाँले अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकता भएको बताउनुभयो ।