• १३ साउन २०८१, आइतबार

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

blog

सामुदायिक वनमा लागेको डढेलो । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, फागुन ३० गते । धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । वरुण यन्त्रको मद्दत तथा वन कर्मचारी, जनपद, सशस्त्र र दङ्गा प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो । 

सबडिभिजन वन कार्यालय पुष्पवलपुरका वन अधिकृत युगलकिशोर साहले गणेशमान चारनाथ, धनुषाधाम, क्षीरेश्वरनाथ र महोत्तरीको बर्दिबास नगरपालिकाको गरी चारवटा वरुण यन्त्रको मद्दतमा तथा सुरक्षाकर्मी सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले डढेलोबाट वनमा पुगेको क्षति विवरण सङ्कलन गरिहरेको बताउँदै डढेलो लाग्नुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । गर्मी सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ ।