काठमाडौँ, फागुन २९ गते । नवनियुक्त उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरूबिच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ । रासस