• १३ साउन २०८१, आइतबार

स्वास्थ्य चौकीबाट इम्प्लान्ट सेवा सुरु

blog

स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाउँदै महिला । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन २८ गते । महिलाका लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा सुरु भएको छ । गाउँघरमै सो सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले सोमबार पहिलो पटक सुरुवात गरेको हो ।

सिमकोट गाउँपालिका-७ को डाँडाफया स्वास्थ्य चौकीमा महिलाका लागि परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट लगाउने सेवा सुरु भएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोष बोहराले बताउनुभयो। यसअघि सो सेवा लिन महिलाले सदरमुकाम सिमकोटमा आउनु पर्ने अवस्था थियो । उहाँले सेवाग्राहीले यस किसिमको दुःख गर्नु पर्ने भएपछि स्वास्थ्य चौकीले सो सेवा सुरुवात गरेको बताउनुभयो । 

यसका लागि तालिम प्राप्त वरिष्ठ अनमी रमिता बोहरा रोकायाले सेवा प्रदान गर्नुभएको छ । पहिलो दिन २८ वर्षीया धौली शाहीले उक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु भएको छ । उहाँले सेवाको सुरुवात भई सकेको कारण स्वास्थ्य चौकीमा नियमित रूपमा आएर सेवा लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।