कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ ।
टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आइएस्) समूहका ३३ सन्दिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
जाजरकोटमा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । जिल्ला को नलगाड नगरपालिका १ कल्पतका वर्ष २४ केशव पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको हो ।
अवसर पाए भने नेपाली चेली पनि नासाको अनुसन्धान गर्न सक्षम छन् भन्ने उदाहरण एक नेपाली विद्यार्थी बन्नुभएको छ ।
जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव बागमती प्रदेशको प्रदेश सरकारमा पनि परेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धन टुटेर केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलको गठबन्धन बनेसँगै बागमती प्रदेशको सत्ता समीकरण प्रभावित भएको हो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको बताउनुभएको छ । उपाध्यक्ष शाहीले घरेलु कामदार र पारिश्रमिक नलिई काम गर्नेको तथ्याङ्कलाई प्राथमिकता दिनुपर्ने र उनीहरूको श्रमको उचित मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ ।
प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो । साबिक बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी ११ वटा गावि
दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यको मुख्य ड्रिलिङका लागि ल्याउन लागिएको उपकरण बाँकेको रुपैडिहा भन्सारमा रोकिएको छ । उपकरणको भन्सार छुटको पत्र नहुँदा ती सामग्री रोकिएका हुन् । चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा सम्पूर्ण कर तथा महसुल छुट गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाइए पनि भन्सार छुटको पत्र प्राप्त नभएको बताइन्छ । अर्थ मन्त्रालयले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा भन्सार छुटको निर्णय माघ २१ गते गरिसकेको बताइन्छ । भन्सार विभागले भने खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या देखिएको परियोजनाले जनाएको छ ।
नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो । सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो ।
राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।
कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ ।
‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो । केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए । यस अवधिमा सत्ताको तानातान र लुछाचुँडीमै अल्झिन परेको छ ।