• १३ साउन २०८१, आइतबार

पाँच दशक वडाध्यक्ष भएर सेवा गर्नुहुने व्यञ्जनकारको निधन

blog

काठमाडौँ, फागुन २८ गते । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।  नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ । 

दस पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएका उहाँ धेरै समय जनप्रतिनिधि हुने व्यक्ति हुनुहुन्छ ।