टर्की, फागुन २८ गते । टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आइएस्) समूहका ३३ सन्दिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
सन्दिग्धहरूले “आगामी स्थानीय चुनावअघि कारबाहीको तयारी गरिरहेका थिए । आन्तरिक मन्त्री अलि येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको छ ।
सन्दिग्धहरूले कथित रूपमा द्वन्द्व क्षेत्रहरूमा लडाकुहरू भर्ती गर्दै थिए । प्रहरी टोलीले छापा मार्दा हातहतियार, नगद र सङ्गठनात्मक कागजात बरामद गरेको उहाँले बताउनुभयो । गत जनवरीमा इस्तानबुलको एउटा चर्चमा आइएसका आतङ्ककारी समूहले आक्रमण गरेपछि टर्कीले आइएसका आतङ्ककारीहरू विरुद्धको कारबाहीलाई तीव्र पारेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल