अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को छायाङ्कन चलिरहेको छ । यसैबिच आइतबार अभिनेता खड्काको भूमिकाको पात्र परिचय गराइएको छ ।
नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको छ ।
सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन बनाउन लागिएको हो । सोही प्रसारणलाइन अन्तर्गतको एक खण्ड तयार भएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन अन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छ वटा वे विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा वेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उहाँले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमौ नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उहाँले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको हो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्वपश्चिम राजमार्गको दाङखण्ड अवरुद्ध भएको सडक चार घण्टापछि सुचारु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका थिए।
केही दिनयता ताप्लेजुङका वनहरुमा डढेलो लागेको छ । सुख्खा मौसमसँगै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको हो ।
मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत पुगेको छ ।
पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ ।