नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
फ्रान्सको पेरिसमा आयोजना हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल धरानबाट बेपत्ता भएका छन् ।
पूर्वी नवलपरासीमा दादुरा–रूबेलाविरुद्धको खोप अभियानअन्तर्गत ९१ हजार बालबालिकालाई खोप प्रदान गरिएको छ ।
बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ ।
दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी बनाउन सकिए मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनेको छ ।
लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रब्रज्या कार्यक्रम गरिएको थियो।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) हुम्ला कमिटीको नवौँ पूर्ण बैठक चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आउने मंगलबार बस्ने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रधान कार्यालयको निरीक्षण गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका वडा नं १ मा अवस्थित सुन्दर कुहूँ गाउँ । मगर समुदायको बाहुल्य रहेको यो गाउँ प्राकृतिक सुन्दरता र अर्ग्यानिक उत्पादनका लागि प्रख्यात छ ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।