• २६ वैशाख २०८१, बुधबार

नेपाल र हङकङको खेल वर्षाले रद्द

blog

काठमाडौँ, फागुन २७ गते । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।

हङकङको  मोङ कोक मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले ओठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको हो । यसअघि पाँचौँ ओभरका खेल सकिँदा पनि पानीका कारण रोकिएको थियो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका छन् । यस सिरिजमा नेपाल, हङकङ र पीएनजी रहेको छ । नेपालले दोस्रो खेल मङ्गलबार पीएनजीसँग खेल्नेछ ।

यस सिरिजअघि नेपालले हङकङसँग शनिबार टी–२० फ्रेन्डसिप कप खेलेको थियो । नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।