• १३ असोज २०८१, आइतबार

एमाले गोरखामा प्यानलसहित प्रतिस्पर्धा

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २७ गते । नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनका लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।

शुक्रबार बेलुकादेखि नेतृत्वमा सहमतिको प्रयास गरिए तापनि सहमति हुन नसकेपछि अध्यक्षमा कृष्ण नेपाली र सुरेन्द्र थापाले प्यानल बनाएर चुनावमा भाग लिएका हुन् । 

प्यानल बनाएर चुनावी मैदानमा होमिएकाहरुले पूर्व मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ र पूर्व मुख्यमन्त्री खगराज अधिकारीको गुटमा रहेर चुनाव लडेका छन् । पृथ्बी सुब्बा गुरुङको प्यानलका उमेदवारहरु अध्यक्ष सुुरेन्द्र थापा, उपाध्यक्षमा मेनबहादुर अधिकारी, सचिवमा काजीराम रोका, उपसचिवमा मनोजकुमार जोशी र महिला उपसचिवमा शान्ति चापागाइँ चुनावमा होमिनुभएको छ ।  

त्यस्तै, अर्का मुख्यमन्त्री खगराज अधिकारीको प्यानलमा उमेदवार बन्नुभएका कृष्णबहादुर नेपाली, उपाध्यक्षमा कमल दानी, सचिबमा उपेन्द्र देवकोटा र सहसचिवमा बिष्णु पन्त साथै महिला उपसचिवमा नानुमायाँ थापा मगरले उम्मेदवारी परेको पार्टी स्रोतले जनाएको छ । 

अन्य सदस्यमा धेरैजसो सर्वसम्मत भइसकेको छ । केन्द्रीय कमिटीको निर्णय प्यानल बनाएर चुनाव लड्न नपाउने निर्णय भए पनि गोरखामा प्यानल बनाएर चुनाव लड्नु दुःखको कुरा भएको एमालेका केन्द्रीय सदस्य सम्झना देवकोटाले बताउनुभयो । 

केही महिनाअघि गण्डकी प्रदेशको चुनावबाट दुई प्यानल बनाएर चुनावमा गएपछि अहिले गोरखामा पनि त्यसको प्रभाव परेको मतदान भाग लिने प्रतिनिधिको भनाइ छ ।