• १६ वैशाख २०८१, आइतबार

पाकिस्तानमा नयाँ राष्ट्रपति जरदारीको शपथ ग्रहण

blog

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारी । तस्बिर : पिटिआई

इस्लामावाद, फागुन, ९ २७ गते । पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले  आइतबार शपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।     

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । 

उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित हुनुहुन्थ्यो । 

पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सहअध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी हुनु भएको थियो । 

रासस–सिन्ह्वा


यो पनि पढ्नुहोस

पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी