• १९ वैशाख २०८१, बुधबार

प्रदीप बने ‘मैत बहादुर’

blog

काठमाडौँ, फागुन २८ गते । अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को छायाङ्कन चलिरहेको छ । यसैबिच आइतबार अभिनेता खड्काको भूमिकाको पात्र परिचय गराइएको छ ।

निर्देशक दिनेश राउतले खड्काको नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा तस्बिर सार्वजनिक गर्नुभएको छ । तस्बिरमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चैबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखाइएको छ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षका कथा रहेको बताउनुभयो ।