• १३ साउन २०८१, आइतबार

औषधी पूरक सामग्रीको बिक्री नगर्न आग्रह

blog

काठमाडौं, फागुन २८ गते । औषधी व्यवस्था विभागले औषधी पूरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ । विभागले सूचना निकाल्दै औषधी पूरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रसाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरूको बिक्री नगर्न आग्रह गरेको हो ।

विभागद्वारा निरीक्षणका क्रममा यस्ता उत्पादनहरू बिक्री भइरहेको पाइएकाले यस्ता औषधीहरूको बिक्री तुरुन्त रोक्न सम्बन्धित सबैलाई आग्रह आग्रह गरेको हो ।

यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरू निरीक्षणको क्रममा बिक्री गरेको पाइएमा कानुन अनुसार जफत तथा कारबाही हुने विभागले चेतावनी दिएको छ  ।

विभागका अनुसार औषधी ऐन, २०३५ को दफा १० (क) बमोजिम सोही ऐनको दफा १० बमोजिम औषधी बिक्री गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८(क) बमोजिम विभागमा दर्ता रहेको औषधी मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ ।