• १३ साउन २०८१, आइतबार

‘सभाको गरिमा घटाउने काम नगर्ने’

blog

राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुहुने नेपाली कांग्रेसका युवराज शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २८ गते । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको हो ।

उहाँले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताउनुभयो । उहाँले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्त्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद् नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाको प्रस्ताव र कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो । 

यो पनि पढ्नुहोस

‘अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन’