• १३ साउन २०८१, आइतबार

स्वास्थ्य शिविरमा ३२३ ले लिए सेवा

blog

निःशुल्क सञ्चालित स्वास्थ्य शिविर ।

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २८ गते । भीरकोट नगरपालिका, हेलुमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविर गरिएको हो ।

नगर अस्पतालका उपकरण र विशेषज्ञसहित उपचार  सेवा प्रदान गरिएको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताउनुभयो । शिविरमा बच्चादेखि वृद्धसम्मले सेवा लिएको बताउँदै अधिकारीले अर्को पटक दिन थपेर शिविर सञ्चालन गर्ने बताउनुभयो । गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग तथा भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

शिविरमा जनरल फिजिसियन डा. सरोज थापा, रेडियोलोजिस्ट डा. राजु रेग्मी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. उमेश भट्ट, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. स्मारिका आचार्य, नाक, कान, घाँटीरोग विशेषज्ञ डा. आदित्य दाहाल र भीरकोट नगर अस्पतालका डा. राजीव झालगायत २० जनाको टोलीले सेवा प्रदान गरेको हो । 

भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले जनताको स्वास्थ्यप्रति चासो देखाउँदै स्वास्थ्य शिविर सञ्चालन गरेकोमा क्लबलाई आभार प्रकट गर्नुभयो ।