• १३ साउन २०८१, आइतबार

एसियाली र्‍याफ्टिङ : हेड टु हेडमा नेपाललाई स्वर्ण

blog

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी ।

काठमाडौँ, फागुन २७ गते । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । 

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको उक्त स्पर्धामा नेपालले एक सय २० अङ्क जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको स्लालम स्पर्धामा नेपालले ८० अङ्कसाथ नेपालले कांस्य जित्यो । डाउन रिभर स्पर्धामा ६० अङ्क बनाएको नेपाल चौथो भयो । समग्र टिममा भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा नेपालबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुनमगरले प्रतिस्पर्धा गर्नुभएको थियो । नेपाली टोलीको प्रशिक्षकमा भिष्म थपलिया र ब्यवस्थापकमा महेश थापा रहनुभएको थियो ।