• १३ साउन २०८१, आइतबार

उपप्रधानमन्त्री र अर्थमन्त्रीसँग राजदूत थम्पसनको भेटवार्ता

blog

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुहुँदै राजदूत थम्पसन । तस्बिर : प्रदीपराज वन्त

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २७ गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा  पुग्नु भएको हो । 

दुवै जना मन्त्रीसँग राजदूत थम्पसनको समसामयिक विषयमा छलफल भएको छ । भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा भेट भएको जानकारी परराष्ट्रसचिव सेवा लम्सालले दिनुभयो । सो अवसरमा थम्पसनले मन्त्रीहरूलाई बधाई दिनुहुँदै कार्यकालको सफलताको शुभकामना दिनुभएको परराष्ट्रसचिव लम्सालले बताउनुभयो ।