• १३ साउन २०८१, आइतबार

उपप्रधानमन्त्री यादव र मन्त्री सुडीले लिनुभयो शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव मन्त्री पदको शपथ ग्रहण गर्दै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, फागुन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री  उपेन्द्र यादव  र मन्त्री नवलकिशाेर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको शपथ ग्रहण गर्दै  मन्त्री नवलकिशाेर साह सुडी । 

आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको  शपथ लिनुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो । 

राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा उहाँहरूलाई उपप्रधान तथा मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।