• १३ साउन २०८१, आइतबार

नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण

blog

उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादव पदभार ग्रहण गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २७ गते । उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रियामा हुँदैआएको ढिलाइ घटाई छिटो छरितो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै, मन्त्री यादवले डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाइ अस्पतालमा लाइन बस्ने अवस्थालाई कम बनाउने, स्वास्थ्य सेवा ऐन २०५३ ऐनलाई एकीकरण गरी नयाँ स्वास्थ्य सेवा ऐनलाई तर्जुमा गर्ने तीनवटा निर्णय गर्नुभएको छ । 

उहाँले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खानुभएको हो । उहाँले  २०७५ जेठ १८ गते पनि सोही जिम्मेवारीमा रहेर करिब डेढ वर्ष मन्त्रालय चलाउनुभएको थियो ।