• १४ मंसिर २०८१, शुक्रबार

परियार सेवा समाजको अध्यक्षमा सुन्दास

blog

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २६  गते । परियार सेवा समाजको अध्यक्षमा बलबहादुर सुन्दास निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न समाजको २८ औँ साधारण सभा तथा एकता भेलाले १२१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।  

समाजको सहअध्यमा फत्तेमान परियार, बरिष्ठ उपाध्यक्षमा कृष्ण रणपाल निर्वाचित र सात जना उपाध्यक्ष निर्वाचित हुुनु भएको छ । महासचिवमा धर्म नेपाली, अञ्जान  परियार, दिनेश परियार  र सात जना सचिव र कोषाध्यक्षमा प्रकाश दर्जी निर्वाचित हुनु भएको छ । 

देशभरका परियार वन्धुहरुको साझा संस्था परियार सेवा समाजले परियारहरुको कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दैआएको छ । अध्यक्ष सुन्दासले भन्नुभयो, “देशभरमा सबै परियार वन्धुहरुलाई आवद्धगरी सक्रिय बनाएर सामाजिक परिवर्तन र न्यायका लागि संगठित हुनेगरी संस्थालाई अगाडि बढाउने छौं ।” परियार यसअघि पनि समाजको अध्यक्ष हुनुहुन्थ्यो ।